
१ असोज काठमाडौँ / सरकारले आज शोक दिवस मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदा दिएको छ । तर मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयको झन्डा बिहान १० बजेसम्म झुकाइएको छैन ।
प्रधानमन्त्री कार्यालयमा उपस्थित सुरक्षा कर्मीका अनुसार कर्मचारीहरू कोही नआएको र जाने ढोका बन्द भएकोले झन्डा झुकाउन नसकिएको हो ।
प्रदर्शनको क्रममा जलेका मन्त्रालयबाहेक अन्य मन्त्रालयमा भने झन्डा झुकाइएको छ ।