२०८२ कार्तिक ५, मंगलबार

कांग्रेस बैठकमा उठ्यो चुनाव सार्ने विषय

नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकेको प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठेको छ ।
कांग्रेस बैठकमा उठ्यो चुनाव सार्ने विषय

३१ असोज, काठमाडौं /  नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकेको प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठेको छ । बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्‍ने दाबी गरे । उनले भने, ‘फाल्गुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन सक्दैन ।’

उनले प्रतिनिधिसभाको निर्वाचन वैशाख मसान्तमा गर्नुपर्नेमा जोड दिए । ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ,’ उनले भने, ‘वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकुल बनाउन सरकारले समय पाउछ ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस