२०८२ आश्विन ३, शुक्रबार

जेनजी आन्दोलनमा गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली

जेनजी आन्दोलनमा गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली

३ असोज, काठमाडौं / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आदोलनमा सहभागीहरुलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । प्रहरीसँग पनि नभएका स्वचालित हतियारले गोली हानेको पाइएको उनले बताएका छन् ।

भदौ २३ र २४ गते भएको युवा आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो ।

आन्दोलनपछि सरकार छाड्न बाध्य भएको ओली सैनिक व्यारेकको ९ दिन लामो बसाइँपछि विहीबार भक्तपुरको गुण्डुस्थित एक घरमा भाडामा बसेका छन् । उनले शुक्रबार संविधान दिवसको दिन वक्तव्य जारी गर्दै आन्दोलनमा गोली हान्ने आदेश नदिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस