२०८२ अषाढ २८, शनिबार

बनेपाबाट बोधिचित्त चोरी गरेको आरोपमा तीन जना पक्राउ

काभ्रेमा बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बनेपाबाट बोधिचित्त चोरी गरेको आरोपमा तीन जना पक्राउ

२७ असार काठमाडौँ / काभ्रेमा बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–१० रेशम मार्गमा भवानी पाण्डेको कम्पाउण्डमा रहेको बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए ।

पक्राउ पर्नेमा १९ वर्षीय विवेक लामा, २० वर्षीय मिलन मोक्तान र १९ वर्षीय लबाङ तामाङ छन् । उनीहरूले शनिबार राति १ः२० तिर पाण्डेको घरमा पुगेर बोधिचित्तको दाना टिपेका थिए । भोलिपल्ट चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय बनेपामा उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

‘सिसिटिभी फुटेज हेर्दा राति १ बजेतिर तीन जना आएर दाना टिपेको देखियो,’ इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातीले भने । त्यही सिसिटिभी फुटेजको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

तर उनीहरूबाट उक्त बोधिचित्त भने फेला परेको छैन । प्रहरीले सोधपुछ गर्दा उनीहरूले काठमाडौं लगेर बेचेको बताएका छन् । पीडितले घरबाट ८ लाख बराबरको बोधिचित्त चोरी भएको दाबी गर्दै निवेदन दिएका छन् ।

उनीहरूले कहाँ र कसलाई बोधिचित्त बेचे भन्नेबारे अनुसन्धान प्रहरीले गरिरहेको छ । प्रहरीले उनीहरूको आपराधिक पृष्ठभूमि पनि पनि हेर्ने काम गरिरहेको छ । अन्यत्र पनि चोरी भएकाले घटना हुनसक्ने भएकाले त्यहाँ पनि उनीहरूकै संलग्नता छ/छैनबारे पनि अनुसन्धान भइरहेको डिएसपी त्वातीले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस