
१५ मङ्सिर, काठमाडौँ / सुदन गुरुङले पोखरामा एमालेले जेनजीको कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएका छन् । उनले एमालेले कार्यक्रम बिथोल्न खोजेको बताए तर आफूहरू नरोकिने कुरा उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
पोखरामा जेनजीका सदस्य र देश प्रेमीहरूसँग भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो।
सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् – ‘पोखरामा जेनजी भाइ बहिनीहरूको सङ्गठन बलियो बनाउन र देश प्रेमी पोखरेली आमा–बुबालाई दाजुभाइ तथा दिदी बहिनीहरू भेट्न हामी पोखरा निस्कियौँ र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ ।’
आफूहरूको कदम नरोकिने गुरुङले बताएका छन् । ‘हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन’, गुरुङले भनेका छन्, ‘हामी सधैँ सत्य र देशको पक्ष उभिन्छौँ, हामी आफ्ना जेनजी दाजुभाइ–बहिनीका आवाजसँग जोडिन्छौँ र अझ बलियो हुन्छौँ, हामी झन्डा गर्वले उचाल्छौँ, झन्डा उठाएर, शिर ठाडो पारेर हामी पोखरा आउने छौँ ।‘