२०८२ कार्तिक १, शुक्रबार

लाङटाङ ट्रेकिङ जाँदा फसेका १२ जनालाई ल्याइयो स्याफ्रुबेशी

लाङटाङ ट्रेकिङ जाँदा फसेका १२ जनालाई ल्याइयो स्याफ्रुबेशी

२० असोज काठमाडौँ / लाङटाङमा ट्रेकिङ जाँदा बाढी–पहिरोका कारण फसेका १२ जनालाई सुरक्षाकर्मीले स्याफ्रुबेशी ल्याएको छ । सोमबारसम्म १२ जनलाई रसुवाको स्याफ्रुबेशी ल्याइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उनीहरूलाई स्याफ्रुबेशी ल्याएको हो । उनीहरू १६ जनाको टोली लाङटाङ ट्रेकिङ गएका थिए ।
जसमध्ये चार जनालाई बेरिङ खोलाले बगाएर बेपत्ता बनाएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरी बलले खोजी तथा उद्धार गरिरहेको छ । पाँच वटा स्थानमा खोजी भइरहेको छ ।

शनिबार गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खोलाले चार जनालाई बेपत्ता पारेको थियो । बेपत्ता हुनेमा मध्यपुर थिमि नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० बस्ने रवि श्रेष्ठ छन् ।

यो पनि

ताजा अपडेट

२० घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस