२०८२ श्रावण १७, शुक्रबार

काठमाडौंबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौंबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

६ साउन काठमाडौँ / काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो । उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको सियाचिन घर भई ज्याठा बस्दै आएका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ छन् । उनीहरू बसेको होटलबाट दुई किलो सुन बरामद भएको कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

‘सुन बरामद भएको छ । उनीहरूले कसरी ल्याए भनेर बोल्न मानेका छैनन् । थप अनुसन्धानको क्रममा खुल्ला,’ उनले भने । प्रहरीले उनीहरूबाट २४ लाख नगद पनि बरामद गरेको छ ।

पक्राउ परेका दुई जना प्रेमी–प्रेमिका हुन् । पुरूष थान डेढ महिना अघि काठमाडौं आएका थिए । उनकी प्रेमिका केही दिन अघि मात्रै काठमाडौं आएको प्रहरीले जनाएको छ । सुन बरामद भएपछि प्रहरीले मंगलबार बिहान परीक्षण समेत गरेको थियो । सुन पुष्टि समेत भइसकेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान गर्न कार्यालयले उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस