२०८२ मंसिर ३०, सोमबार

दुई हात्तीका छावा

दुई हात्तीका छावा रुद्रकली र खगेन्द्र प्रसादलाई पुस २ गते कतार पठाइने

दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ।
दुई हात्तीका छावा रुद्रकली र खगेन्द्र प्रसादलाई पुस २ गते कतार पठाइने

मंसिर २८, चितवन/  चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ। प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर १७ तारिखमा कतार पठाउन लागिएको हो। भैरहवा विमानस्थलबाट चार्टर कार्गो विमानमार्फत हात्ती पठाउन लागिएको हो। उनले बताए। जहाजको समय मिलाएर बाटोको अवस्था हेरी सौराहाबाट अघिल्लो दिन हात्ती लगिने तयारी छ।

कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो। रुद्रकली सात वर्ष र खगेन्द्र प्रसाद छ वर्षका छावा हुन्। रुद्रकली पूजाकली र खगेन्द्र कोशीकलीको बच्चा हो। खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिए। सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो।

दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न नेपालले विभिन्न मित्र राष्ट्रलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ। पहिलो पटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागिएको हो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस