२०८२ अषाढ १७, मंगलबार

आलमलाई उन्मुक्ति दिने दुई न्यायाधीश न्याय परिषद् तानिए

नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्मा तानिएका छन् ।
आलमलाई उन्मुक्ति दिने दुई न्यायाधीश न्याय परिषद् तानिए

५ असार, काठमाडौं / नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्मा तानिएका छन् । उनीहरूलाई न्याय परिषद्को बैठकले जिम्मेवारीबाट अलग गर्दै परिषद्मा तानेको हो ।

बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका आलमलाई जिल्ला अदालत रौतहटका न्यायाधीशद्वय थारु र महर्जनको इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो । उक्त आदेशपछि चौतर्फी दबाब बढेसँगै उनीहरूलाई न्याय परिषद् तानिएको हो ।

संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

आलमले नै बनाउन लगाएको बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको अनुसन्धानबाट देखिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस