२०८२ अषाढ ३१, मंगलबार

अमेरिकामा कार दुर्घटना दुई नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
अमेरिकामा कार दुर्घटना दुई नेपाली विद्यार्थीको मृत्यु

३१ असार काठमाडौँ / अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको हो । दुर्घटना स्थानीय समयअनुसार जुलाई १३ शनिबार राति ९ बजेतिर भएको हो ।

उनीहरूसँगै होन्डा एकर्डमा सवार २ जना घाइते भएका छन् । दुर्घटनामा २ नेपालीको भने दुर्घटनास्थलमै मृत्यु भएको थियो । घाइते दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस