२०८२ अषाढ १७, मंगलबार

मर्निङवाकमा निस्किएका दुई महिलाको कार ठक्करबाट मृत्यु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा एउटा कारले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको हो ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ३, शुक्रबार
मर्निङवाकमा निस्किएका दुई महिलाको कार ठक्करबाट मृत्यु

२ जेठ काठमाडौँ / कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा एउटा कारले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको हो ।

सवेरै मर्निङवाकका लागि निस्किएका बुद्धभूमि–१ गोरुसिंगेका ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई कारले ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय गोरुसिंगेका अनुसार कपिलवस्तु र अर्घाखाँचीको सिमाक्षेत्र पत्थर कोटबाट गोरुसिंगेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले बसन्तपुरमा उनीहरुलाई ठक्कर दिएको थियो ।

विहानै ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचाको लागि जिल्ला अस्पताल तौलिहवातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरू हरेक बिहान साढे ४ बजेतिर मर्निङवाकमा निस्किने गर्दथे । शुक्रबार विहानै परिवारसहित कुल पूजाबाट फर्किएको गाडीले उनीहरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले कार चालक रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका चालक श्रेष्ठले महिलाहरूले सडक पार गर्ने क्रममा बीचमा गएर अलमलमा परेको र कार तिव्र गतीमा भएको कारण दुर्घटना भएको बताएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस