२०८२ अषाढ १७, मंगलबार

युक्रेनले रूसको विभिन्न एयरपोर्टमा आक्रमण गरी गर्‍यो ४० जहाज ध्वस्त

युक्रेनले रूसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २०, सोमबार
युक्रेनले रूसको विभिन्न एयरपोर्टमा आक्रमण गरी गर्‍यो ४० जहाज ध्वस्त

१९ जेठ काठमाडौँ / युक्रेनले रूसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ । आइतबार युक्रेनले रूसी हवाई अड्डाहरूलाई लक्ष्य गरेर अहिलेसम्मकै ठूलो परिमाणमा ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार युक्रेनले रूसको पूर्वी साइबेरियादेखि पश्चिमी सिमासम्म ड्रोन हमला गरेको थियो । युक्रेनको यो हमलालाई अहिलेसम्मको समन्वयात्मक र सटिक हमला भनिएको छ ।

हमलाको रणनीतिको निरीक्षण राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफैले निरीक्षण गरेका छन् । युक्रेनी ड्रोन हमलाबाट रूसका धेरै हवाइ अड्डाहरुमा सैन्य विमानहरू आगोको लप्कामा जलिरहेका फोटो र भिडिओहरू समेत सार्वजनिक भएका छन् ।

आइतबार रूसले युक्रेनको सैन्य इलाकालाई लक्ष्य गरेर हवाइ आक्रमण गरेको थियो। जुन हमलामा १२ सैनिक मारिएका थिए । युक्रेनले त्यसको बदलामा रूसको हवाई अड्डालाई लक्ष्य बनाएको भनेर न्यूयोर्क टाइम्सले लेखेको छ ।

रूसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोनहरूले ‍रूसका पाँच ठाउँका हवाई अड्डालाई लक्ष्य बनाएको बताएको छ । नर्वेको सीमानजिकको मर्मन्स्क, पूर्वी साइबेरियाको इरकुत्स्क लगायत विभिन्न राज्यका हवाई अड्डाहरुमा सैन्य विमानहरूमा आगो लागेको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमणबाट मानवीय क्षति भने नभएको मन्त्रालयलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एपीका अनुसार युक्रेनले रूसी भूभागबाटै रूसमा हमला गरेको थियो। त्यसका लागि ड्रोनहरू तस्करी गरेर रूस पुर्‍याएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस