२०८२ मंसिर १६, सोमबार

एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै,नीति र नेतृत्वको सुरक्षा मुख्य जिम्मेवारी

एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै,नीति र नेतृत्वको सुरक्षा मुख्य जिम्मेवारी

५ मंसिर काठमाडौं / नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स(एनभिएफ)को घोषणा गर्दैछ । माइतीघर मण्डलामा युवाहरु भेला भएर वानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणा सभा गर्न लागिएको हो ।

पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा,अशान्ती र भदौ २३ २४ को घटनापछि आम मानिसहरुको खस्किएको मनोबल उठाउन एनभिएफ घोषणा गर्न लागिएको हो । फोर्सले राज्यका निकायलाई सहयोग गर्ने,भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने,सुरक्षा निकायलाई सहयोग गर्ने,प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्यले फोर्स गठन गर्न लागिएको हो । आज विहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्नुहुनेछ । सुरक्षा संवेदनशिलता बढेका बेला राज्यले अध्यक्ष ओली लगायत नेताहरुका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेले महसुष गरेको हो । एनभिएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल बिस्तार गरिने ढकालले बताउनुभयो ।

एनभिएफमा एकजना कमाण्डर र दुईजना साहायक कमाण्डरको व्यवस्था गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस