११ असार धादिङ / धादिङमा त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । बुधबार बिहान ८ः४५ बजे धादिङको गल्छी गाउँपालिका–१ छांगेश्वर मन्दिरस्थित त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।
बेपत्ता हुनेमा सोही ठाउँमा बस्ने अन्दाजी ५६ वर्षीया साइँली गिरी छन्। गल्छि–१ र ८ नम्बर वडा जोड्ने झोलुंगेपुलबाट उनी हामफालेकी थिइन् । उनको खोजीका लागि नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरीको ९ जनाको टोली खटिएको डिएसपी हमालले जानकारी दिए ।