२०८२ मंसिर १६, सोमबार

सुर्खेतको काँक्रेविहार जंगलमा मृत भेटिए युवायुवती

सुर्खेतको काँक्रेविहार जंगलमा मृत भेटिए युवायुवती

८ मंसिर, सुर्खेत / सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११ः ३० बजे ती युवायुवती मृत अवस्थामा भेटिएका हुन् ।

जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार उनीहरू जंगलको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतकहरूको नाम, थर र ठेगाना सहितको पहिचान भने हालसम्म खुल्न सकेको छैन । मृतक युवक अन्दाजी २१ वर्ष र युवती २० वर्षको रहेको प्रहरीको अनुमान छ । घटनाबारे जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस