२०८२ अषाढ ६, शुक्रबार

र्यालीवाट जवाफ दिदै राजावादीलाइ

नेकपा (एमाले) ले राजावादी विरूध्द जागरण अभियानमा माेटरसाइकल र्याली

राजावादीकाे सलवलाउन थाले पछि नेकपा एमालेकाे जनजागरणा
नेकपा (एमाले) ले राजावादी विरूध्द जागरण अभियानमा माेटरसाइकल र्याली

१८ चैत्र, काठमाडौं / नेकपा (एमाले)ले काठमाडौंमा मोटोरसाइकल र्‍याली निकालेको छ । सोमबार अपराह्नतिर पार्टी महासचिव शंखर पोखरेलको नेतृत्वमा एमालेले काठमाडौंको तीनकुने क्षेत्रबाट र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागीहरूले ‘गणतन्त्र – जिन्दावाद’, प्रतिगमन – मुर्दावाद,’ ‘हिंसा, हत्या र लुटपाट – मुर्दावाद,’ ‘जन्मसिद्ध श्रेष्ठता – अस्वीकार गरौँ,’ ‘नेकपा (एमाले) – जिन्दावाद,’सहितका नारा लगाएका थिए ।

 

यस्तै, उनीहरूले ‘दास र रैती बन्न – मन्जुर छैन,’ हत्यारालाई – कारबाही गर,’ शान्ति सुव्यवस्था – कायम गर,’ ‘सामाजिक अराजकता – मुर्दावाद,’ ‘जनताको बहुदलीय जनवाद – जिन्दावाद,’सहितका नारा पनि लगाएका थिए ।

पछिल्लो समय राजावादी सक्रिय भएसँगै राजनीतिक दलहरूले गणतन्त्रको पक्षमा नाराबाजी र जुलसका कार्यक्रम गर्दै आएका छ। आज काठमाण्डौ उपत्यका देखी ७७ जिल्ला र प्रदेशमा यसै गरी र्याली निकालिएको थियो ।

फाेटाेफिचर

drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस