
१६ बैषाख, धादिङ / धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ८ स्थिति खानिखोलामा संचालन सुगम ग्याँस उद्योगले पुराना गुणस्तरहिन म्याद गुज्रेका ग्याँस सिलिण्डर एक कार्यक्रम गरी नष्ट गरेको छ ।
नेपाल आयल निगमका लिमिडेटका संजिव संगौला, नेपाल गुणस्तर तथा नापतौल विभागका स्वीकृत दाहाल र जय प्रकास चौधरी ईलाका प्रहरी कार्यालयका प्र.ना.नि. धन वहादुर विष्ट एभरेष्ट ग्याँस संसार प्रा.लि. का महेश्वर घिमिरे र धुनिवेशी नगरपालिका वडा नं. ८ का वडा सदस्य राजकुमार भण्डारीको उपस्थितिमा ३ सय ७३ थान ग्याँस सिलिण्डर नष्ट गरिएको हो ।

पुराना र म्याद गुज्रिएका सिलिण्डर जोखिम हुने हुदा उपभोक्ताको हितको मध्ये नजर राख्दै असुरक्षित तथा लिकेज, प्वाल परेको फुटरिङ नेकरिंग विग्रेको र म्याद गुज्रिएको पुराना सिलिन्डरहरुलाई नष्ट गर्ने नेपाल सरकारको निति अनुसार कानुनलाई पालना गर्दै सुगम ग्याँस उद्योगले नष्ट गरेको सुगम ग्याँस उद्योगका प्रवन्धक उत्तम कार्कीले वताए । यस उद्योगले आगामी दिनहरुमा पनि गुणस्तर कायम राखी सुरक्षित सिलिण्डर उपभोक्ता माझ पठाउने आफुहरुको प्रतिवद्धता रहेको पनि जनाए ।