२०८३ कार्तिक ११, मंगलबार

पृथ्वी राजमार्ग दुर्घटना

पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किए, ११ जना घाइते

पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस ठोक्किए
पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किए, ११ जना घाइते

काठमाडौं । पृथ्वी राजमार्गमा आज बिहान बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
आज बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस, काठमाडौं–मुग्लिनतर्फ जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएका ११ जनालाई सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको ६६ जनाको टोलीले उद्धार गरेको थियो।
उद्धार गरिएका घाइतेलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरीको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।
दुर्घटनापछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस