२०८३ कार्तिक ९, आईतबार

नागढुङ्गा सुरुङमार्ग

नागढुङ्गा सुरुङमार्गमा पहिरोको जोखिम, एउटा ट्र्याकमा सवारी सञ्चालन बन्द

नागढुङ्गा सुरुङमार्गमा पहिरोको जोखिम, एउटा ट्र्याक बन्द
नागढुङ्गा सुरुङमार्गमा पहिरोको जोखिम, एउटा ट्र्याकमा सवारी सञ्चालन बन्द

काठमाडौं । नागढुङ्गा सुरुङमार्गको पश्चिम पोर्टल (धादिङतर्फ) मा पहिरो खस्ने जोखिम बढेपछि एउटा ट्र्याकमा सवारीसाधनको आवागमन बन्द गरिएको छ।
सडक माथिबाट पहिरो खस्ने सम्भावना प्रबल बनेपछि सुरक्षाका दृष्टिले उक्त ट्र्याकमा सवारी सञ्चालन रोकिएको हो।
सडक माथि निर्माण गरिएको ‘रिटेनिङ वाल’ को स्ल्याब ढलेपछि पहिरोको जोखिम बढेको बताइएको छ।
सुरुङमार्ग प्रवेश गर्ने तीनवटा ट्र्याक रहेकामा जोखिम बढेपछि एउटा ट्र्याक बन्द गरिएको हो। यसले गर्दा उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस