
तिब्बत । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार बिहीबार राति तिब्बतको नाग्छुस्थित बाकेन काउन्टीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पका कारण हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार भूकम्पले ३३९ वटा घर भत्किएका छन्।