२०८३ कार्तिक ७, शुक्रबार

कास्कीमा एक महिनामै ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्कीमा एक महिनामै ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्की जिल्लामा गत असोज महिनामा भएका ५९ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उक्त अवधिमा भएका दुर्घटनामा ७९ वटा सवारीसाधन संलग्न थिए। दुर्घटनाका प्रमुख कारणमध्ये तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु तथा चालक अनुमतिपत्रबिना सवारी चलाउनु रहेका छन्।
प्रहरीका अनुसार तीव्र गतिका कारण २० वटा, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १० वटा र चालक अनुमतिपत्र नभएका चालकका कारण ५ वटा दुर्घटना भएका थिए। त्यस्तै, यान्त्रिक समस्याका कारण १ वटा र अन्य कारणले २३ वटा दुर्घटना भएका थिए।
असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित ६ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए। उक्त घटनाले जिल्लामा सवारी सुरक्षाको विषयलाई थप गम्भीर बनाएको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना, गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा सवारीसाधनको नियमित प्राविधिक जाँच आवश्यक देखिएको छ।
सुरक्षित यात्राका लागि चालक, यात्रु तथा सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस