२०८३ कार्तिक ७, शुक्रबार

सिन्धुलीमा क्रसरको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु

सिन्धुलीमा क्रसरको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि बनाइएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरी रहेका छन्।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब २ बजे आमा–छोरी उक्त पोखरीमा नुहाइरहेका थिए। सोही क्रममा बालिका खेल्ने क्रममा पोखरीमा डुबेपछि उनलाई बचाउन गएकी आमा सतीदेवीसमेत डुबेकी थिइन्। घटनामा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दशैं मनाउन माइती आएकी चेली र उनकी छोरीको एकैसाथ मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस