
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित नेपाली कांग्रेसकी समानुपातिक सांसद सिता थपलिया (उर्मिला)को डेरामा चोरी भएको छ।
दसैँ मनाउन परिवारका सदस्यहरू जिल्ला गएको मौका छोपेर चोरहरूले सांसद थपलियाको डेराबाट ८ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी गरेका हुन्।
घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।