२०८३ कार्तिक ११, मंगलबार

जडीबुटीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जडीबुटीको गेस्टहाउसबाट १२० ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

जडीबुटीको गेस्टहाउसबाट १२० ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ
जडीबुटीको गेस्टहाउसबाट १२० ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

कार्तिक १० । काठमाडौंको जडीबुटीस्थित एक गेस्टहाउसबाट १२० ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसको कोठा नम्बर ६ बाट पाँचथरको फालेलुङ गाउँपालिका–५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरू गेस्टहाउसको कोठाभित्र ब्राउनसुगरको कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट १२० ग्राम ब्राउनसुगर, दुई थान मोबाइल फोन र नगद ४ हजार ५५० रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, काठमाडौंका विभिन्न गेस्टहाउसलाई प्रयोग गरी लागूऔषधको अवैध कारोबार तथा ओसारपसार हुन सक्ने आशंकामा सुरक्षा निकायले निगरानी बढाएको छ।
लागूऔषध कारोबार नियन्त्रणका लागि विशेष सूचनाका आधारमा निगरानी तथा कारबाहीलाई तीव्रता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस