
५ माघ, धादिङ / धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नंं ६ धार्के वजार क्षेत्रमा सडक विस्तार गर्ने क्रममा भएको घटना मेलमिलाप गरी मिलापत्र भएको छ । ईलाका प्रहरी कार्यालय खानिखोलामा दामोदर रेग्मीले संजिपराज पाण्डे सहित तिन दाजुभाई मिलेर आक्रमण गरी घाइते वनाएको भन्दै ईलाका प्रहरी कार्यालय खानिखोलामा जाहेरी दिएका थिए । सोही जाहेरी अनुसार ईलाका प्रहरी कार्यालय खानिखोलाले संजिप राज पाण्डे सहित ३ जना दाजु भाईलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको एक दिन पछि संजिपराज पाण्डे सहित ३ दाजु भाईले गल्ति गरेको स्वीकारदै आएन्दा अव देखी यस्तो गल्ति नगर्ने भन्दै माफी मागे पछि घाईते रेग्मीले उपचार खर्च समेत पाउने गरी सहमत भै मिलात्रप गरेका हुन । मिलापत्र पछि पाण्डे परिवारले राजमार्ग विस्तारलाई पनि सहजिकरण गर्दै सहयोग गर्ने वाचा गरे ।