२०८२ अषाढ १७, मंगलबार

३ बजेसम्मलाई सर्‍यो शिक्षा समितिको बैठक

प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सरेको छ ।
३ बजेसम्मलाई सर्‍यो शिक्षा समितिको बैठक

१२ असार, काठमाडौं / प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सरेको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको हो ।

विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति गर्ने प्रयासस्वरुप बैठक सारिएको हो । समितिले भोलि सम्म विधेयक पारित गर्ने प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ ।

समितिका सभापति अम्मरबहादुर थापाले दिएको जानकारी अनुसार, विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने तयारी छ । बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो । उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस