२०८२ पौष २, बुधबार

राजीनामा

जनमत पार्टी मधेस प्रदेशका एक नेताले दिए राजीनामा

जनमत पार्टीका मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले राजीनामा दिएका छन् ।
जनमत पार्टी मधेस प्रदेशका एक नेताले दिए राजीनामा

पुस २, काठमाडौँ /  जनमत पार्टीका मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले राजीनामा दिएका छन् । उनले अध्यक्ष डा. सीके राउतलाई सम्बोधन गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

चौधरीले पार्टी नीति–सिद्धान्तबाट विचलित भएको, भ्रष्टाचारमा लिप्त भएको तथा नातावाद हाबी भएकाले पार्टीभित्र काम गर्ने वातावरण नरहेको बताएका छन् ।
सर्लाहीको हरिपुर्वा–४ का चौधरी मधेस प्रदेश राजनीतिमा परिचित नेता हुन् । गत निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ (क)बाट प्रतिस्पर्धामा रहेपनि पराजित भएका थिए।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस