
मङ्सिर २९,काठमाण्डौँ / कुनै बेला केपी ओलीको तारिफ गर्ने कृष्ण गोपाल श्रेष्ठ अहिले पोखरेलतिर लागेका छन् ।नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । अन्य नेताहरू पनि पदको खोजीमा छन् । पद नपाएको भन्दै नेताहरूले केपी ओलीको साथ छाडेर पोखरेलतिर लाग्न थालेका छन् ।उनीहरू प्यानलनै बनाएर निर्वाचनमा होमिने तयारीमा छन् ।
कुनै बेला केपी ओलीलाई ‘फुटबलको पेले’ भन्दै तारिफ गर्ने कृष्णगोपाल श्रेष्ठ अहिले पोखरेलतिर लागेका छन् । कुनै बेला श्रेष्ठले ‘केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो, कोही माइकालाल छ सडकमा ल्याएर पछार्न सक्ने ?’ भनेका थिए । उनै श्रेष्ठ आज पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिने तरखरमा छन् ।