२०८३ बैशाख ११, शुक्रबार

लाखौँ रकमसहित पक्राउ

स्रोत नखुलेको लाखौँ रकमसहित एकजना पक्राउ

स्रोत नखुलेको लाखौँ रकमसहित एकजना जनालाई पक्राउ गरेको छ ।
स्रोत नखुलेको लाखौँ रकमसहित एकजना पक्राउ

मंसिर २९, नेपालगञ्ज/  प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र रु १००० नेपालीका १०० थान रकमसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा आज बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

नेपालगञ्जको त्रिभुवन चोकमा रहेको कुमार जनरल स्टोरका सञ्चालक बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस