२०८२ मंसिर १६, सोमबार

बसपार्कमा युवती भेटिएको घटनामा एक युवक पक्राउ

बसपार्कमा युवती भेटिएको घटनामा एक युवक पक्राउ

८ मंसिर काठमाडौँ /काठमाडौंको बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । यस विषयमा सोमबार दिउँसो २ बजेतिर प्रहरी परिसरले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ ।

शनिबार बिहान मृत फेला परेकी युवतीको पहिचान खुलेको थिएन । सडिसकेको अवस्थामा फेला परेको युवतीको शव पहिचान गर्न प्रहरीलाई कठिन भएको थियो ।

शव रूकुम घर भएकी अन्दाजी २० वर्षीया माया भन्ने आयुषा मगरको रहेको स्रोतले बतायो । त्यस्तै अनुसन्धानपछि उनको हत्या आरोपमा प्रहरीले अन्दाजी २५ वर्षीय सूर्य थापा मगर भन्ने व्यक्तिलाई पक्राउ गरेको हो ।

उनी बसपार्कको एक होटलका कुक हुन् । उनीहरू दुई जनाबीच सामान्य चिनजान भएको र लागुऔषधको विषयमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस