२०८२ भाद्र ५, बिहिबार

चाक्सीबारी छलफलको निष्कर्ष सुनाउन देउवानिवास पुगे कांग्रेसका नेताहरू

चाक्सीबारी छलफलको निष्कर्ष सुनाउन देउवानिवास पुगे कांग्रेसका नेताहरू

६ साउन काठमाडौँ / नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू सभापति शेरबहादुर देउवालाई भेट्न निवास बूढानीलकण्ठ पुगेका छन् । सोमबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेका उनीहरूले सभापति देउवालाई छलफलको निष्कर्ष सुनाउने निर्णय गरेका थिए ।

उपप्रधानमन्त्री सिंहसहित नेताहरू मंगलबार बूढानीलकण्ठ पुगेर सभापति देउवासँग छलफल गरेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते भएको ७ बुँदे सहमतिअनुसार गठबन्धनको भावनाबमोजिम सरकारले कामकारबाही गर्नुपर्ने र संविधान संशोधनका विषय अघि बढाउनुपर्ने पूर्वपदाधिकारीहरूको निष्कर्ष थियो ।

यसबारे उनीहरूले सभापति देउवासँग भेटेर कुराकानी गरेका हुन् । उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत सभापति देउवालाई भेट्न पुगेका हुन् ।

पूर्वउपसभापति विमलेन्द्र निधि इजरायली राजदूतसँग भेटवार्ता गरेर सभापति देउवा निवास पुग्दैछन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस