७ वैशाख काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड जाने भएका छन् । देउवा निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्री समेत रहेका देउवा आइतबार राति आँखाको उपचारका लागि बैंकक जान लागेका हुन् ।
त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ । तर कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले सभापति देउवा उपचारका लागि मात्र थाइल्यान्ड जान लागेको दाबी गरे ।
‘आँखाको फलोअप उपचारका लागि उहाँ आज राति १२ बजे राति थाइल्याण्डको राजधानी बैंक प्रस्थान गर्ने कार्यक्रम छ’, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलको भनाई छ ।
मुलुकको राजनीतिक अवस्था तरल भएका बेला प्रमुख सत्ता साझेदार दलका नेता देउवा थाइल्यान्ड जान लाग्नुलाई अर्थपूर्ण हेरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग कांग्रेसकै कतिपय नेताहरूले असन्तुष्टि जनाइरहेको अवस्था छ ।
अर्कोतिर राजावादी आन्दोलन र शिक्षक आन्दोलन समेत जारी रहेका बेला देउवा बैंकक यात्रामा निस्कन लागेका हुन् । आजै देउवा पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणा समेत बैंकक जाँदै छन् ।
यस सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । उक्त सत्रमा मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।