
१५ मङ्सिर, काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा कालिकोटको नरहरिनाथ गाउँपालिकाका ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आडिखोला सिँचाइ कुलो निर्माणमा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएको हो ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनशोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष दलबहादुर विश्वकर्मासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
९३० मिटरको कुलो बनाउनुपर्नेमा ३५४ मिटर मात्रै बनाएर रकम भुक्तानी गरेको पाइएको छ । सम्झौता अनुसार ९३० मिटर लामो पक्की कुलो निर्माण गर्नुपर्नेमा ३५४ मिटर लम्बाइको कुलो निर्माण गरी ७३० मिटर लम्बाइको कुलो निर्माण भएको भनी लिखत तयार गरी सोही बमोजिम १९ लाख ४८ हजार ४८८ रुपैयाँ १४ पैसा रकम भुक्तानी गरेको पाइएको आयोगले जनाएको छ