२०८२ भाद्र २१, शनिबार

भूकम्पमा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या २२ सय पुग्यो

भूकम्पमा परी अफगानिस्तानमा मृत्य हुनेको संख्या २ हजार २०० नाघेको छ ।
भूकम्पमा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या २२ सय पुग्यो

२० भदौ काठमाडौँ /  भूकम्पमा परी अफगानिस्तानमा मृत्य हुनेको संख्या २ हजार २०० नाघेको छ । गत आइतबार मध्येरातमा पाकिस्तानसँग सिमा जोडिएको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

बिहीबारसम्म मृत्यु हुनेको संख्या २ हजार २०५ पुगेको तालिबानी सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । घाइतेहरूको संख्या ३ हजार ५ सय नाघेको छ । तीमध्ये धेरै जना गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ । ६ म्याग्निच्युडको भूकम्पपछि पनि पराकम्पनहरू आइरहेका छन् ।

दुईपटकसम्म ५ म्याग्निच्यूडभन्दा बढी तीव्रताका भूकम्प गइसकेको छ । बिहीबार राति ८ः५६ बजे ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । सो पराकम्पनबाट थप मानिसको मृत्यु भएको रिपोर्ट आएको छैन ।

यद्यपि कुनार र नांगरहर क्षेत्रका मानिसहरू सेल्टरबाट बाहिर निस्किएका थिए । यसअघि मंगलबार पनि ५.५ म्याग्निच्युडको पराकम्प आएको थियो । उक्त पराकम्पनले राहत र उद्धार कार्य प्रभावित भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस