२०२६ पौष १७, बिहिबार

मजदुरको मृत्यु

चिनी उद्योगको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु

सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसनिमा च्यापएिर एक मजदुरको मृत्यु भएको छ ।
चिनी उद्योगको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु

माघ ८, सर्लाही / सर्लाहीको धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो । काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रहरीका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस