२०८२ कार्तिक २४, आईतबार

राष्ट्रिय सभामा विचाराधीन विधेयकमाथि छलफल अघि बढ्ने

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभामा विचाराधीन विधेयकमाथि छलफल अघि बढ्ने

२३ कात्तिक, काठमाडौं / राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्न लागेको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

विधायन समितिमा रहेका विधेयकहरूमाथि समेत छलफल अगाडि बढाउने तयारी छ । प्रतिनिधि सभा विघटन भएपश्चात राष्ट्रिय सभामा पाँच वटा विधेयक विचाराधिन अवस्थामा रहेका छन् ।

जेनजी आन्दोलनपश्चात गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरेपछि संघीय संसदमा रहेका ३० वटा विधेयक निष्क्रिय भएका थिए। तर, राष्ट्रिय सभामा उत्पत्ति भएका र राष्ट्रिय सभामै रहेका पाँच वटा विधेयक भने यथावत रहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस