२०८२ मंसिर १७, मंगलबार

गृह मन्त्री ओम प्रकाश अर्याल

फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव नबिथोल्ने गृहमन्त्री अर्यालको भनाई

मन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने बताएका छन् ।
फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव नबिथोल्ने गृहमन्त्री अर्यालको भनाई

१६ मंसिर, काठमाडौँ /  गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने बताएका छन् ।

लुटिएका हतियार बरामद गर्ने क्रम जारी रहेको र चुनावसम्म सबै नियन्त्रणमा लिइसक्ने पनि बताएका छन् । अर्यालले भने, ‘फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने क्रम पछिल्लो दिनमा वृद्धि भएको छ । फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन ।,’ ‘यो कारणले निर्वाचन नै बिथोलिने हामीले हुन दिदैनौँ । तीनलाई हामीले फिर्ता ल्याएरै छाड्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ४ हजार ५५२ कैदीबन्दी र बालबन्दी फिर्ता हुन बाँकी रहेको र ज्यान मार्ने उद्योग सम्बन्धी जघन्य प्रकृतिका कसुरका फरारको संख्या भने कम रहेको उनले दाबी गरे । फरार अवस्थामा रहेका कैदीबन्दीलाई पक्राउ गर्न विशेष रुपमा अभियान चलाइरहेको पनि उनले बताए ।

लुटिएका हतियारमध्ये अहिलेसम्म ७२७ थान बरामद गरेर फिर्ता गरिसकेको भन्दै उनले केही संख्यामा मात्र बाहिर रहेको र संवेदनशीलताका कारण लुटिएका हतियारको संख्याबारे भन्न नमिल्ने मन्त्री अर्यालले उल्लेख गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस