२०८२ मंसिर २४, मंगलबार

सभा आयोजना

हर्क साम्पाङको काठमाडौंमा पहिलो सभा

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ ।
हर्क साम्पाङको काठमाडौंमा पहिलो सभा

२२ मंसिर, काठमाडौं /  हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि काठमाडौंमा पहिलो औपचारिक सभा आयोजना गरेको छ ।

सिफल चौरमा आयोजित सभालाई ‘संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको छ । पार्टी अध्यक्ष हर्क साम्पाङसहितका नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा साम्पाङले पानसमा बत्ती बालेर कार्यक्रम उदघाटन गरेका छन् ।

कार्यक्रममा सहभागीहरु नेपालको राष्ट्रिय झण्डासहित सहभागी छन् भने उनीहरुले प्लेकार्डमा प्रिन्ट गरिएको पार्टीको चुनाव चिह्न समेत लिएका छन् । श्रम संस्कृति पार्टीको चुनाव दुई हातको अँजुलीमा लिएको माटो रहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस