२०८२ अषाढ १८, बुधबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको मुल्यमा भारी वृद्धि : तोलाको एक लाख ९१ हजार

सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मुल्यमा भारी वृद्धि : तोलाको एक लाख ९१ हजार

८ वैशाख काठमाडौं / नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यही वैशाख ४ गते छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुँदै उच्च मूल्य कायम भएको थियो ।

आइतबार भने छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस