२०८२ भाद्र १९, बिहिबार

आइजिपी चन्द्रकुबेर खापुङले पाए दर्ज्यानी चिन्ह

नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन् ।
आइजिपी चन्द्रकुबेर खापुङले पाए दर्ज्यानी चिन्ह

१९ भदौ काठमाडौँ /  नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन् ।

भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजिपी नियुक्त गरेको हो । आइजिपी दीपक थापाले बुधबार रातिदेखि अवकाश पाएका छन् ।

नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन महिनाका लागि मात्रै आइजिपी बन्नेछन् । प्रहरी नियमावली अनुसार उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म मात्रै प्रमुख हुनेछन् । प्रहरी विधेयक आएको अवस्थामा भने फरक पर्न सक्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस