
माघ ६, काठमाडौँ / भारतले नेपालको प्रतिनिधिसभा निर्वाचनको लागि ५३८ सवारी साधन अनुदान सहयोग गरेको छ । त्यस्तै, सुरक्षा निकायका लागि गैरघातक किसिमका भिड नियन्त्रण सामग्रीसमेत अनुदान स्वरुप सहयोग गरेको छ । अनुदानका सवारी साधनहरु जिप,ट्रकलगायत छन् ।
भारतले सहयोग स्वरुप उपलब्ध गराएका सवारी साधनमध्ये पहिलो चरणमा करिब सय सवारी काठमाडौं आइपुगेको र अरु आउने क्रममा रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताएका छन् । आइपुगेका सवारी साधन नेपालस्थित भारतीय राजदूतावासले मंगलबार गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरेको छ ।