
२६ कात्तिक, काठमाडौं / सोमबारको मन्त्रिपरिषद् निर्णयबाट प्रहरी महानिरीक्षक नियुक्त भएका दानबहादुर कार्कीले भोलि (बिहीबार)बाट औपचारिक रूपमा संगठनको नेतृत्व सम्हाल्नेछन् ।
मुख्य तीन प्रतिस्पर्धी (राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाह)लाई पछि पार्दै वरीयताको पहिलो नम्बरमा रहेका कार्की नेपाल प्रहरीको ३३औं आईजीपी बने । कार्कीले जुन जिम्मेवारी प्राप्त गरे, त्यो भन्दा बढी उनले निर्वाह गर्ने भूमिका महत्वपूर्ण छ ।
तर, आईजीपीको कुर्सीमा बसेर हरेक दिन गर्ने कामको मूल्यांकन नागरिकस्तरबाट समेत हुने भएकाले अबका २९ महिना कार्कीको परीक्षा हुनेछ ।