
२२ मङ्सिर ,काठमाडौँ / नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा बसेको छ । बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र संरचनाबारे समीक्षा गरेको छ भने तयारी अन्तिम चरणमा पुगेको निष्कर्ष निकालेको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा मंसिर २७ गतेदेखि सुरु हुने महाधिवेशनको तयारीबारे छलफल भएको छ ।महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफलसहित समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सबै उपसमितिहरूले गरिरहेका काम र रिपोर्ट पेस गरिएको बैठकमा महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष निकालेको छ ।
महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले तयारीहरू तीव्र पारिएको छ । महाधिवेशनका लागि बनेका विभिन्न समिति र उपसमितिहरूले युद्धस्तरमा काम गरिरहेको सो पार्टीले जनाएको छ ।