२०८२ कार्तिक २९, शुक्रबार

मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी

मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी

२८ कात्तिक, काठमाडौं / निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप्ने तयारी गरेको छ । आयोगले यसअघि कात्तिक मसान्तसम्ममा नामावलीमा नाम दर्ताको लागि म्याद तोकेको थियो । नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले म्याद थप गर्न लागेको आयोग स्रोतको भनाइ छ ।

यसअघि आजै प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी म्याद थपका लागि आग्रह गरेकी थिइन् ।

मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी केही दिन म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह थियो। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसबारे आयोग सकारात्मक रहेको जवाफ दिएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस