२०८२ श्रावण ३, शुक्रबार

विधान महाधिवेशनमा रचनात्मक र सकारात्मक भूमिका खेल्न प्रधानमन्त्रीको निर्देशन

विधान महाधिवेशनमा रचनात्मक र सकारात्मक भूमिका खेल्न प्रधानमन्त्रीको निर्देशन

एमालेले बढायो १५ प्रतिशत पार्टी सदस्यता

काठमाडौँ, २ साउन / नेकपा (एमाले)का प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनु भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज भएको पार्टीको पोलिटव्युरो बैठकमा उहाँले ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्नु बोल्दै अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माण काम भएकोले नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनु भएको छ ।
यस्तै बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शङ्कर पोखरेलको पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताउनु भएको छ ।
उहाँले पार्टी संगठित सदस्य १५ प्रतिशतले बढेको जानकारी गराउनु भयो ।

“अहिलेको पार्टी सदस्यता, नविकरण हेर्दा खेरी झण्डै १५ प्रतिशत बढेको भन्ने जानकारी गराउनुभयो, तथ्याङ्क आउने क्रम जारी छ । सवै तथ्याङ्क आएपछि सार्वजनिक गर्दछौ ,” उहाँले भन्नुभयो,“पार्टी संगठति सदस्य बढेकोमा हामी उत्साही भएका छौ । ”

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको विधान संशोधन प्रस्तावमाथि आज सात जनाले आआफ्नो धारणा राख्नु भएको छ ।
लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ्, शेरधन राई, खगराज अधिकारी र कर्णवहादुर थापाले बोल्नु भएको थियो । भोलि अन्य पोलिटव्युरो सदस्य बोल्ने तयारी रहेको छ ।

विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० बर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । यस्तै विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने राखिएको छ । यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटव्युरो कमिटी र केन्द्रीय कमिटी गरि तीन तह रहने व्यवस्था गरिएको छ ।

यस्तै विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो ।

drishtinepal

बैठकले पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । जनसङ्गठनमा आवद्ध रहेका सदस्यलाई खारिदै आएपछि पार्टीले प्रशिक्षित गरेपछि मात्र सङ्गठित सदस्य रहने छन् ।

drishtinepal

यस्तै आज पोलिटव्युरो केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकोले भोलि विहान ११ बजे बस्ने बैठकमा बोल्ने छन् । बैठक च्यासलस्थित पार्टी कार्यालयमा बस्ने छ ।

drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस