२०८२ अषाढ १७, मंगलबार

हेर्न नमिल्नेमा रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा राखेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ६, सोमबार
हेर्न नमिल्नेमा रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट

५ जेठ काठमाडौँ /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले पनि हेर्न नमिल्नेमा राखेको छ ।

पटक–पटक हेर्न नमिल्नेमा पर्दै आएको उक्त रिट सोमबार प्रधान न्यायाधीश राउत र पाण्डेयको इजलासमा परेको थियो । तर उक्त इजलासमा पनि हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए ।

\यद्यपि कुन न्यायाधीशले हेर्न नमिल्ने र के कारणले हेर्न नमिल्ने भएको भन्ने खुलिनसकेको उनले बताए । लामिछानेसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडिआइजी छविलाल जोशीको रिट पनि एकसाथ राखिएको थियो ।

आइतबार लामिछानेको रिट न्यायाधीशहरू मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो । उक्त इजलासले पनि हेर्न नमिल्ने भएपछि हेर्न नमिल्नेलाई तर्काएर बाँकीले गोला तान्ने व्यवस्था गर्न आदेश दिएको थियो ।

उक्त आदेशसँगै सोमबार प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको इजलासमा परेको थियो । रविको बन्दी प्रत्यक्षीकरणको रिट सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो । तर उक्त इजलासले हेर्न मिलेको थिएन ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस