२०८२ कार्तिक १, शुक्रबार

तीन विषयमा छलफल गर्न बस्दैछ रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ ।
तीन विषयमा छलफल गर्न बस्दैछ रास्वपा सचिवालय बैठक

२२ असोज काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकले पार्टीको विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थापनबारे निर्णय गर्नेछ ।

त्यस्तै पछिल्लो असोज १७ देखि १९ गतेसम्मको मनसुनजन्य विपदमा पार्टीको सक्रियता र यसको निरन्तरताबारे पनि छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले सद्भाव यात्रा गर्दैछ । त्यसको कार्यसूचीबारे आज छलफल हुने झाले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस