२०८२ आश्विन ३०, बिहिबार

माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरू भएको छ ।
माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

१० असोज काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरू भएको छ । प्रज्ञा भवनमा मध्याह्नबाट बैठक सुरू भएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरूले धारणा राख्नेछन् ।

छलफलका लागि सातवटा भौगोलिक र तीनवटा गैरभौगोलिक गरी १० वटा समूह बनाइएको छ । प्रत्येक समूहको टोली नेताले निष्कर्ष र सुझाव हलमा प्रस्तुत गर्नेछ ।

कोशीबाट अजम्बर काम्आंग, मधेसबाट मातृका यादव, बागमतीबाट सरल सहयात्री, गण्डकीबाट हरि अधिकारी, कर्णालीबाट महेन्द्रबहादुर शाही, सुदूरपश्चिमबाट हरि ज्ञवली ’अखण्ड’, उपत्यका विशेष प्रदेशबाट जगत सिंखडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास/आयोगबाट आर.बि खड्काले टोली नेता छन् ।

उनीहरूले आफ्नो समूहको छलफलको सार हलमा प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले जबाफ दिनेछन् ।

यो पनि

ताजा अपडेट

१६ घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस