
माघ २, काठमाडौं / यति बेला निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा पारिएको छ । नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता–कार्यकता आउजाउ बाक्लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
अहिले निर्वाचन आयोगको मुख्यद्वारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बाहिर ‘वाटर क्यानन’ पनि तयारी अवस्थामा राखिएको छ ।
केहीबेरअघि थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू निर्वाचन आयोगमा धर्ना बसेका थिए भने अहिले देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ता,तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितका नेता कार्यकर्ता आयोग परिसरमा धर्ना बसेका छन् ।