२०८२ आश्विन ३, शुक्रबार

शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, १२ टाँका लगाइयो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ ।
शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, १२ टाँका लगाइयो

३ असोज काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकपछि पत्रकार सम्मेलनमा पत्रकारहरूले सभापति देउवाको स्वास्थ्य अवस्थाबारे सोधेको प्रश्नमा प्रचार विभाग प्रमुख विश्वकर्माले देउवा अझै सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेको जानकारी उपसभापति खड्काले बैठकमा ब्रिफिङ गरेको जानकारी दिए ।

‘उहाँ सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहनुभएको जानकारी उपसभापतिज्यूले बैठकमा गराउनुभयो,’ विश्वकर्माले भने, ‘केही दिन अझै अस्पताल राख्ने डक्टरले परामर्श दिएकाले अझै उहाँ केही दिन अस्पतालमा बस्ने जानकारी उपसभापतिज्यूले गराउनुभएको छ ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस